बैतडी –असोज ३१ गते रातीदेखि ३ दिन परेको अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर बझाङमा ९, बैतडीमा ४, डडेल्धुरामा ३, कैलाली र अछाममा एक÷एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै बाढी पहिरोमा परेर प्रदेशभरी १७ जना घाइते भएका छन् । डोटीमा ११, डडेल्धुरा र बैतडीमा २÷२ जना तथा बझाङ र बाजुरामा एक÷एक जना घाइते भएका प्रहरीले जनाएको छ ।
यसैगरी प्रदेशभरी अझै पनि २३ जना बेपत्ता रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बझाङमा २० जना, बैतडी, कैलाली र डोटीमा एक÷एक जना बेपत्ता रहेका बताइएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८ १८:२०
प्रतिक्रिया दिनुहोस्