Sagun Khabar
सुदूरपश्चिममा बाढी, पहिरो : ३३ जनाको मृत्यु, २२ जना अझै बेपत्ता 

बैतडी –बाढी पहिरोका कारण सुदूरपश्चिममा ३३ जनाको ज्यान गएको छ । असोज ३१ गतेदेखि तीनदिन लगातार परेको बर्षाका कारण आएको बाढी पहिरोमा परेर ३३ जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । 

बाढी पहिरोका कारण सबैभन्दा बढी डोटीमा १६ जनाको ज्यान गएको छ । यस्तै बझाङमा ९ जना, बैतडीमा ४ जना, डडेल्धुरामा ३ जना र कैलालीमा १ जनाको ज्यान गएको हो । 

Atrya hospital

प्रदेशभरी बाढी पहिरोमा परेर १७ जना घाइते भएका प्रहरीले जनाएको छ । डोटीमा ११ जना, बैतडी र डडेल्धुरामा २÷२ जना तथा बझाङ र बाजुरामा एक÷एक जना घाइते भएका छन् । 

यस्तै अझै पनि प्रदेशका विभिन्न जिल्लामा २२ जना बेपत्ता रहेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी बझाङमा २० जना बेपत्ता छन् भने बैतडी र कैलालीमा एक÷एक जना बेपत्ता रहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १३:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update