Sagun Khabar
बैतडीको मुडेली गाउँ पहिरोको जोखिममा, खेतबारी नष्ट हुँदा स्थानीय चिन्तित 
फोटो : बैतडीको मुडेली गाउँमा खसेको पहिरो, तस्बिर : मानबहादुर साउँद

बैतडी –असोज ३१ गते रातीदेखि ३ दिन परेको अविरल बर्षाका कारण बैतडीको पुर्चौंडी नगरपालिका ६ स्थित मुडेली गाउँ पहिरोको उच्च जोखिममा परेको छ । गाउँका अधिकांश घरको आगन पहिरोले लगेको स्थानीय मानबहादुर साउँदले बताए । उनले भने ‘अब बर्षा भयो भने गाउँका सबै घर पहिरोमै जाने डर छ । पहिरोले अधिकाँंश घरका आँगन लगिसकेको छ ।’

पहिरोका कारण गाउँका १५ घर जोखिममा परेका साउँदले बताए । लगातारको बर्षाका कारण खसेको पहिरोले अधिकांशको खेत समेत बगाएको उनले बताए । उनले भने ‘गाउँका सबै खेतबारी पनि पहिरोले नष्ट गरेको छ । स्थानीयहरुलाई के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।’

Atrya hospital

यस्तै गाउँमै रहेको पञ्चकन्या आधारभूत विद्यालयको आँगन र शौचालय पहिरोले बगाएको बताइएको छ । विद्यालय भवन पनि पहिरोको जोखिममा परेपछि पठनपाठनमा समेत समस्या भएको बताइएको छ । 

मुडेली गाउँमा पहिरोले पुर्याएको क्षतिको विवरण संकलनका लागि प्रहरी र स्थानीय जनप्रतिनिधि मुडेली गाउँ पुगेका छन् । गाउँको अधिकाँंश भागमा पहिरोले क्षति पुर्याएपछि विवरण संकलनको काम शुरु गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १२:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update