Sagun Khabar
बैतडीको सेला र दोरामा १० बढी घरपरिवार पहिरोको जोखिममा 
फाइल फोटो

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ सेलामा १० घरपरिवार पहिरोको जोखिममा परेका छन् । गत आइतबारदेखि तीन दिन परेको अविरल बर्षाले १० घरपरिवार पहिरोको जोखिममा परेका स्थानीय रामबहादुर साउँदले जानकारी दिए । 

बस्ती तलतिरको सबै जमीन पहिरोले बगाएपछि घरहरु पहिरोको जोखिममा परेका उनले बताए । पहिरोले स्थानीय हरिदेव बोहरा, राम बोहरा, पठान बोहरा, रञ्जित बोहरा, बिस्ने बोहरा, दानबहादुर बोहरा, लालबहादुर बोहरा, रमेश बोहरा, हरी बोहरा लगायतको खेतबारी बगाएको हो ।

Atrya hospital

यस्तै पहिरोले रामबहादुर साउँदको पसल बगाएको छ भने कमल साउँदको घरपनि पहिरोको जोखिममा परेको छ । यस्तै सुर्नया ८ दोरामा पनि पहिरोले विभिन्न ठाउँमा क्षति पुर्याएको छ छ । पहिरोले स्थानीय जनक मडैको पसल बगाएको छ । मडैको पसल पुरिँदा तीन लाख बराबरको क्षति भएको सुर्नया गाउँपालिका वडा नं ८ का वडा सचिव हरिबहादुर महराले बताए ।

यस्तै सोही ठाउँमा स्थानीय कालु मडैको एउटा निर्माणधिन घर पहिरोले पुरिएको छ भने प्रजापति मडैको घर आगन सहित ट्वाईलेट पहिरोले लगेपछि घर पहिरोको उच्च जोखिममा रहेको छ । 

यस्तै प्रताप मडैको ट्वाईलेट भत्किएसंगै पसल पहिरोको उच्च जोखिममा रहेको बताईएको छ । पहिरोका कारण ठाउँठाउँमा बाटो भत्किाँदा विद्यार्थीहरुलाई विद्यालय जान समेत समस्या भएको बताइएको छ ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update