Sagun Khabar
पहिरो प्रभावितलाई रेडक्रस बैतडीद्वारा गैरखाद्य सामग्री वितरण 
Atrya hospital

बैतडी– गएको आइतबारदेखि परेको अविरल बर्षाका कारण समस्यामा परेका नागरिकलाई नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले गैरखाद्य सामग्री वितरण गरेको छ । पहिरोका कारण समस्यामा परेका १० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको रेडक्रसका सहायक लेखापाल दिनेशप्रसाद जोशीले बताए । 

जिल्लाको दोगडाकेदार गाउँपालिका ३ कोदेखलाका ५ परिवार र सुर्नया गाउँपालिका वडा नं १ का हटैराज ५ परिवारलाई राहत सामग्री वितरण गरिएको जोशीले बताए । 

पहिरो प्रभावित परिवारलाई मार्यादा सामग्री, भाँडाकुँडा, त्रिपाल लगायतका सामग्री वितरण गरिएको रेडक्रस बैतडीले जनाएको छ । विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यका साथ राहत सामग्री वितरण गरिएको जनाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १७:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update