Sagun Khabar
सुदूरपश्चिममा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो 
फाइल फोटो

बैतडी –सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । सबैभन्दा बढी डोटीमा १६, बझाङमा ८, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ।  

पहिरोमा च्यापिएर प्रदेशमा २३ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । बझाङमा २१, कैलाली र बैतडीका एक÷एक जना बेपत्ता छन् ।

Atrya hospital

बझाङमा नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्यको लागि आवश्यक राहात र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको छ ।

यस्तै बाढीपहिरोका कारण १७ जना घाइते भएका छन्। डोटीमा ११ जना, डडेल्धुरा र बैतडीमा २÷२, बझाङ र बाजुरमा एक÷ एक जना घाइते छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update