Sagun Khabar
पहिरोले बैतडीमा एक दर्जन बढी घर भत्किए

बैतडी–बर्षाका कारण बैतडीको बिभिन्न ठाउँमा स्थानिबासीका घर भत्कीएकाछन् । जिल्लाको शिवनाथ गाउँपालिका–४ स्थीत राजेन्द्र खत्रिको २ तले घर र वडा न–६ स्थीत हरिसिहं धनाडीको २ तले निर्माणाधिन पक्की घर भक्तिएको छ ।

घर भक्तिएपछि अहिले परिवारका सदस्यहरुलाई आवासका लागी समस्या भएको गाउँपालिकाका निमित्त प्रमुख  प्रशासकिय अधिकत नरेन्द्र महताले बताए । 
यसैगरि जिल्लाको पुर्चौडी नगरपालिका ६ त्रिकालीमा एक घर पहिरोमा पुरिएको छ । पहिरोमा स्थानीय बसन्ती साँउदको घर पुरिएको नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिका संयोजक कर्णबहादुर कुँवरले बताए ।

Atrya hospital

पहिरोमा घर पुरिँदा खाद्यान्न, लत्ताकपडा र सर समान सहित ५ लाख बराबरको धनमाल क्षति भएको बताइएको छ ।  

यसैगरी दशरथचन्द नगरपालिका वडा न. ४ जर्ग स्थीत तारादत्त पाण्डेयको घर आसिंक रुपले पुरिएको छ भने, सोहि गाउँका अकबर मालको गोठ पहिरोमा पुरिएको छ । 

खोलि जर्गका एक ब्यक्तिको घरगोठ पहिरोले पुरिदा ५ बाख्रा मरेकाछन् । जिल्लाको मेलौली नगरपालिका ३को पुजारागाउँ स्थीत गौरसिंह भाटको पसल माथीबाट आएको पहिरोले पसल पुरिदाँ २०हजार बराबरमा मालममान नष्ट भएको स्थानिय नरीराम पार्किले बताए । 

यसैगरि सोहि ठाउँका दानीराम पार्कीको घर माथीबाट पहिरो खस्दा दानीरामकी श्रीमती मानमति घाइते भएकी छन् । 

यसअघि शिवनाथ–६मा हिजो एक घर भत्किएपछि ३जनाको ज्यान गएको छ भने, जिल्लाको सुर्नया–५मा घर भत्किएपछि १ जनाको ज्यान गएको छ । जिल्लाको सिगास ५ ढुंगाडमा पहिरोले स्थानियका ५ घरर पुरिएकाछन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update