Sagun Khabar
७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै अवरुद्ध

धनगढी-आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण तराईबाट ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ। कैलालीको चुरे गाउँपालिकास्थित भासु भिरमा गएको पहिरो पन्छाएपछि बुडरसम्मको राजमार्ग खुलेको छ।


तर बुडरभन्दा अगाडि धेरै ठाउँमा समेत पहिरो गएकाले राजमार्गमा अहिले पनि कयौं यात्रु अलपत्र परेका छन्। हाल राजमार्गको डडेल्धुरास्थित गन्यापधुरा गाउँपालिका–१ साहुखर्क,  आलिताल गाउँपालिका–१ घण्टेश्वर र डोटीको जोरायल गाउँपालिका–२१ गोल्डेनमा पहिरोले गर्दा बाटो अवरुद्ध बनेको छ। 

प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार अवरुद्ध स्थानमा पहिरो पन्छाउने कार्य चलिरहेको छ। पूर्णतया राजमार्ग खुल्न अझै केही समय लाग्ने ट्राफिक कार्यालयले जनाएको छ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update