Sagun Khabar
२ दिन देखी अवरुद्ध महाकाली राजमार्ग सुचारु, बाटोमै रोकिएका मन्त्री बडु गोकुलेश्वर पुगे

बैतडी-महाकाली राजमार्ग अन्तरगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्ड सुचारु भएको छ । लगातारको अविरल बर्षा संगै आएको पहिरोले अवरुद्ध भएको राजमार्ग आज दिउँसो सुचारु भएको हो ।

सडक सुचारु भएसंगै आवतजावत सहज भएको छ । बर्षाका कारण दोगडाकेदार गाउँपालिकाको चमतडी र ढिकगाडमा पहिरो गएको थियो ।

Atrya hospital

सडकमा पहिरो गएपछि बिचमाटोमै अलपत्र रहेका यात्रुहरु गन्तव्यतर्फ लागेकाछन् । सडक अवरुद्ध हुदाँ दार्चुला सदरमुकाम जान लागेका संघिय सरकारका कानुन, न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडु समेत बाटोमै रोकिएका थिए ।

अवरुद्ध सडक खुलेपछि मन्त्री बडु गोकुलेश्वर प्रस्थान गरेकाछन् । अहिले मन्त्री बडु गोकुलेश्वर स्थीत एक कार्यक्रममा सहभागी भएकाछन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update