Sagun Khabar
बैतडीमा कामचलाउ रुपले फोन सेवा सुचारु

बैतडी-३ दिन अघि देखी अवरुद्ध भएको नेपाल टेलिकमको एनटिसि फोनसेवा कामचलाउ रुपले सुचारु भएको छ ।

सोमबार राति कैलालीको खानीडाँडामा ठुलो पहिरो जाँदा बिद्युतको पोल ढलेसंगै बिद्युत, फोन तथा इन्टरनेट सेवा पुर्ण रुपले अवरुद्ध भएको थियो ।

Atrya hospital

टेलिकमको फाइवर काटिए संगै अवरुद्ध भएको फोन सेवा अहिले रेडियो लिंक प्रणालीबाट अस्थाई रुपले सुचारु गरिएको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख बिक्रमराम टमाटाले बताए । 


थ्रीफेज बिद्युत लाईनको पोलमा रुख ढलेपछि टेलिकमका सबै सेवाहरु अवरुद्ध भएको उनले बताए । आफु कैलालीको खानीडाडाँ स्थीत पहिरो गएकै ठाउँमा पुगेर फर्किएको टमाटाले बताए ।

फोनको बैकल्पीक व्यवस्था गरिएपछि पुर्ण रुपमा सुचारु हुन एकहप्ता लाग्न सक्ने उनले बताए । 


अहिले एनटिसि फोनसेवा कामचलाउ रुपले सुचारु भएपनी आवाज प्रष्ट नसुनिने भएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १३:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update