Sagun Khabar
वाकेटोके सेटले काम गर्न छाडेपछी प्रहरी नै सञ्चार बिहिन 

बैतडी–विद्युत सेवा अवरुद्ध भएसंगै प्रहरी संग भएका सञ्चार सेटहरु(वाकेटोके)ले काम गर्न छाडेपछि समस्या भएको छ । 

जिल्लामा कहाँ के भइरहेको छ भन्ने बिषयमा जानकारी लिनै समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी रमेश बहादुर पालले बताए । 

Atrya hospital

उनले भने ‘प्रहरी संग भएको नेपाल टेलिकमको फोन र वाकेटोके सेटहरु मात्रै हो । टेलिकमको सेवा पुर्ण रुपमा अवरुद्ध छ । वाकेटोके चार्ज गर्न पाइएको छैन् । त्यसैले दुर्गम ठाउँका खबरहरु प्राप्त गर्न सकिएको छैन् । जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा मात्रै सम्पर्क हुन सकिरहेको छ दुर्गम ठाउँहरुमा सम्पर्क गर्नै सकिएको छैन् ।’ कतिपय ठाउँमा एनसेल मोबाइलले काम गरेपनी एनसेलको सिम पाउनै मुस्किल भएको उनले बताए ।

बैतडीमा गत सोमबार राति देखि विद्युत सेवा, एनटिसि फोन सेवा र इन्टरनेट सेवा पुर्ण रुपले अवरुद्ध भएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०८:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update