बैतडी र बझाङका बाढीपहिरो पीडितको उद्धारका लागि हेलिकोप्टर आउने
1634694806.jpg)
बैतडी - बैतडीको ढुंगाड र बझाङको थलाराका पीडितहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर आउने भएको छ । हिजो मौसम खराबिका कारण आउन नसकेको हेलिकोप्टर आज पठाउन लागेको सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता पूर्णा जोशीले बताइन्।
आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी जोशीले खोज तथा उद्धार गर्नुपर्ने आवश्यक भएका अन्य ठाउँबारे जानकारी गराउन पनि अनुरोध गरेकी छिन्।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८ ०७:३५
प्रतिक्रिया दिनुहोस्