Sagun Khabar
बैतडीको ढुंगाडमा प्रहरी सहित फसेकाहरुको अवस्था सञ्चारबिच्छेदका कारण अज्ञात

 बैतडी - गत आइतबार देखीको अविरल बर्षाका कारण बैतडीका बिभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याएको छ । जिल्लाको सिगास गाउँपालिका–५ स्थीत ढुंगाडमा गाउँको चारैतिबाट सेति नदिको भंगालो आएको छ भने, त्यसबिचमा फसेका गाउँलेहरुको अवस्था अझौ  अज्ञात रहेको जिल्ला प्रहरि कार्यालयले जनाएका छ  ।

 सोमबार राती देखी फसेका स्थानियबासीको  अझौ उद्धार गर्न सकिएको छैन् । बाढी आएपछि टापुमा फसेका स्थानियबासीको उद्धार गर्न सुर्खेतबाट आएको हेलिकप्टर मौसम खराबीका कारण प्रभावित क्षेत्रमा पुग्नै नसकेर फर्किएको छ । ढुंगाडको टापुमा फसेका व्यक्तिहरुको अवस्था बुझ्न प्रहरीको टोली त्यहाँ पुगेको छ ।

Atrya hospital

 प्रहरीले टापुमै पुगेर उद्धारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक रमेश बहादुर पालले बताए । उनले भने‘बस्तीको चारैतिर नदिको भंगालो छ । बिचमा बस्ती छ । त्यहाँ ५०देखी ६०जना फसेकाछन् ।

 मङ्गलबार दिउँसो बर्षा कम भएका बेला २ जना प्रहरी समेत प्रभावित क्षेत्रमा पुगेका थिए । १ जना प्रहरी अझै प्रभावित क्षेत्रमै छन् । भंगालो तरेर वारी आउन सक्ने अवस्था छैन् ।

 नदिको वहाव बढेपछि झन जोखीम हुनसक्छ । कसैसंग सम्पर्क हुन सकिरहेको छैन् ।’ तर आज भने प्रहरि सहित फसेका व्यक्तीहरुकोसञ्चार बिच्छेदका कारण त्याहाँको अवस्था  अज्ञात रहेको बैतडी प्रहरिले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०६:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update