Sagun Khabar
बाढी–पहिरोमा परेर डोटीमा ९ जनाको ज्यान गयो

 लगातारको वर्षापछि पहिरो र बाढीमा परेर डोटीमा नौ जनाको ज्यान गएको छ । सायल गाउँपालिका वडा नम्बर ६ मा पहिरोले वीरबहादुर कुन्जेडाको घर भत्किँदा उहाँका छोराहरू १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको ज्यान गएको छ । 

यस्तै बाढी र पहिरोमा परेर शिखर नगरपालिका ११ की मन्दरा बलायर, जोरायल गाउँपालिका ३ का जोगी सार्की, त्यही गाउँपालिकाको वडा नम्बर ४ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विकको ज्यान गएको छ । 

Atrya hospital

यस्तै सायल गाउँपालिका १ मा रहेको छत्रे खोलाले बगाउँदा ७४ वर्षीय वीरे रोकाया भने बेपत्ता भएका छन् ।  यसैगरी केआईसिंह गाउँपालिका ४ मा पहिरोको जोखिममा रहेका गाउँका एक सय ५० जना भन्दा धेरै विस्थापित भइ गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा पुगेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसैगरी दिपायल सिलगढी नगरपालिका ८ पाङरिमा २० घर परिवार पहिरोको जोखिममा परि विस्थापित भइ स्थानीय दुर्गा आधारभूत विद्यालयमा पुगेका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

 त्यस्तै शिखर नगरपालिका वडा नं ११ की ३५ वर्षीया मन्दरा बलायरको पहिरोबाट खसेको ढुंगा टाउकामा लागेर मृत्यु भएको छ। घाइते भएकी बलायरको उपचारका क्रममा सुजंग अस्पतालमा मृत्यु भएको थियो। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  २१:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update