
बैतडी -बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर पुरिदाँ ३ जनाको मृत्यु भएको छ । शिवनाथ –६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए ।
मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन् । साँझ ६ बजेको समयमा प्रहरीले घटनास्थलबाट तीन जनाकै शव निकालेको छ । अहिले घटनास्थलमा सुल्लेखान र सार्माली प्रहरी चौकीबाट २ ओटा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८ १९:०४
प्रतिक्रिया दिनुहोस्