Sagun Khabar
सुदूरपश्चिम सरकारको निर्णयः बाढीपहिरो प्रभावित जिल्लालाई २५/२५ लाख दिइने

सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि विपद् व्यवस्थापन, राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारकी प्रवक्ता पूर्णा जोशीले जानकारी दिइन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी उनले क्षतिको यकिन विवरण आए थप  राहत उपलब्ध गराउने बताइन्। प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको छ। 

Atrya hospital

 

अविरल वर्षाका कारण प्रदेशमा विभिन्न ठाउँमा क्षति पुगेकाकाले आकस्मिक बैठक बसेको थियो। बैठकमा वर्षाले पुगाएको क्षति, राहत र उद्धारको विषयमा छलफल भएको बताइएको छ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update