Sagun Khabar
पहिरोले बैतडी स्थीत २ राजमार्ग अवरुद्ध 
Atrya hospital

बैतडी-लगातारको बर्षाले बैतडीका बिभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ । महाकाली राजमार्ग अन्तरगत सतबाँझ–गोकुलेश्वर सडकखण्ड दोगडाकेदार गाउँपालिका ३ खोचलेकमा पहिरोले अवरुद्ध भएको छ । 

राजमार्ग अवरुद्ध हुदाँ आवतजावत ठप्प भएको छ भने, लगातारको बर्षाका कारण सडक खुलाउन समस्या भएको छ । यसअघी सल्सेना र धरमघरमा पहिरो गएको पहिरो पन्छाएको प्रहरीले जनाएको छ । 

यसैगरी जयपृथ्वी राजमार्ग अन्तरगत मोतिनगरमा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्गको खोड्पे–श्रीभावर सडक अन्तरगत मोतिनगरमा पहिरो गएपछी आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक रमेश बहादुर पालले बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १५:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update