Sagun Khabar
पहिरोका कारण बैतडीको पुर्चौडी र शिवनाथका एक–एक घर भत्किए, लाखौँको धनमाल क्षति
Atrya hospital

बैतडी -बैतडीको पुर्चौडी नगरपालिका–७ कोटिलामा एक घर भक्तिदा करिब २० लाख बराबरको क्षति भएको छ । स्थानीय मदन लोहारको घर माथीबाट आएको पहिरोले उनको २तले घर भक्तिकएको हो । घर भक्तिदा घर भित्र रहेका सबै मालसमान नष्ट भएकाछन् भने, मानविय क्षति नभएको स्थानिय शैलेस धानुकले बताए । 

पहिरोका कारण ऐरी गाउँका २बस्तीहरु जोखीममा रहेको उनले बताए । यसैगरी जिल्लाको शिवनाथ गाउँपालिकामा पहिरोले एक घर भक्तिएको छ । घटनास्थलमा प्रहरी चौकी गैरहेकाले थप बिवरण आउन बाकीँ रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख, डिएसपी रमेशबहादुर पालले बताए ।
 
यस्तै पहिरोले पाटन ८ स्थीत खोड्पे बजारका ७ घर उच्च जोखिममा परेका छन् भने, दशरथचन्द नगरपालिका १ मुस्याचौरका २ घर जोखीममा परेकाछन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update