Sagun Khabar
पहिरो जादाँ बैतडीको खोड्पेका ७ घर र मुस्याचौरका २ घर जोखिममा 

बैतडी -लगातारको बर्षाका कारण बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा पहिरो जाँदा ७ घरहरु उच्च जोखिममा परेका छन् ।

आज बिहान ५ बजे गएको पहिरोले चन्द्र सिंह महरा, लक्ष्मीदत्त पन्त, कृष्ण सिंह भाट, कृष्ण बिष्ट, सामना अवस्थी र गोपाल भाटको घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

Atrya hospital

खोड्पे बजार क्षेत्रको पश्चिम पट्टीको पहिरोले घरहरु जोखिममा रहेको प्रहरी चौकी खोड्पेले जनाएको छ ।

बजार क्षेत्र पहिरोको जोखिममा रहेकाले सम्बन्धित नियकाले चासो दिनु पर्ने स्थानिय गोपाल भाटले बताए ।

यसैबिच पहिरो जादाँ बैतडीको दशरथचन्द नगरपालिका–१को मुस्याचौर बजारका २घर जोखिममा परेकाछन् ।  महारुद्र बचत तथा ऋण सहकारी संस्थाको दुई तले पक्की भवन र संगै रहेको पसल सहितको २ तले पक्की घर पहिरोको जोखीममा परेका हुन् ।

आइतबार राती देखिको अविरल वर्षाले जनजिवन प्रभावित बनेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update