Sagun Khabar
बैतडीको ढुंगाडका कम्तीमा ६०ब्यक्ति टापुमा फसे उद्धारका लागि हेलिकप्टर आउदैँ, २सय बिगाह जमिन सेति नदिको डुवानमा,

बैतडी-बैतडीको सिगास गाउँपालिका वडा न.५ मा सेती नदि गाउँमै पसेको छ । गाउँमा नदि पसेपछि १ सय भन्दा बढी घरहहरु डुबानको जोखीममा परेकाछन् । अहिले एकघर  १ सय बगाएको खबर प्राप्त भएको छ । स्थानिय उद्धब महराको २ तले घर बगाएको सिगास ५का वडाअध्यक्ष रामबहादु धामीले बताए । 

सिगास ५मा १सय बढी घरहरु बाढीको जोखीममा पर्नुका साथै १सय ५० बढी बिगाहा खेत नदिको डुवानमा परेको छ । पाक्नै लागेको धान, कोदो तथा बदाम लगाएको खेत बगरमा परिणत भएको छ । अहिले  त्यहाँका करिब एक सय बढी नदि गाउँमा पसेपछी टापुमा फसेकाछन् । 

Atrya hospital

यसैगरि सिगास ६ को लेकममा बाढीले ५० बढी बिगाहा जमिन डुबान भएको छ ।

आफु अहिले प्रदेश राजधानी धनगढीमा रहेकोले प्रदेश सरकार संग उद्दारको लागि आग्रह गरिरहेको वडाअध्यक्ष धामीले बताए । नदिमा आएको बाढीले डोटी र बैतडी जोड्ने पुल समेत भक्ताएको छ ।

सिगासमा बाढीले मच्चाएको बितण्डाबारे सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले प्रधानमन्त्री सेर बहादुर देउवालाई जानकारी गराएपछि उद्धारका लागि हेलिकप्टर सिगास आउन लागेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update