Sagun Khabar
बैतडीका तटिय क्षेत्रमा बासिन्दाहरुलाई सर्तकता अपनाउन आग्रह

बैतडी–लगातारको बर्षाका कारण महाकाली नदिमा पानीको बहाव बढेकाले तटिय क्षेत्रका बासिन्दालाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । हिजो साँझ देखी सुरु भएको बर्षा अझ २ दिन सम्म जारी रहने भनिएकाले नदिमा पानीको बहाव बढ्दा जोखीम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको हो । 

तटिय क्षेत्रमा पर्ने स्थानियतहहरुका अधिकारीलाई आ–आफ्नो क्षेत्रमा सर्तकताका लागी सुचना जारी गर्न भनिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए । बैतडीको महाकाली तटिय क्षेत्रका स्थानियतहहरुमा दशरथचन्द नगरपालिकाका साथै शिवनाथ, दोगडाकेदार र पञ्चेश्वर गाँउपालिका रहेकाछन् । 

Atrya hospital

यसैगरी जिल्लाको सिगास गाउँपालिकाका केहि वडाहरु सेति नदि तटिय क्षेत्रमा रहेका छन् भने, डिलाशैनी गाँउपालिकाको केहि भु–भाग चौलानी नदि तटिय क्षेत्रमा रहेको छ । यसैगरी सुर्नया गाउँपालिका, पाटन नगरपालिका मेलौली नगरपालिका  शिवनाथ गाउँपालिकाका केहि भु–भाग सुर्नया नदिको तटिय क्षेत्रमा पर्दछन् । 

नदिहरुको बहाव बढ्न सक्ने भएकाले तटिय क्षेत्रमा नजान सबैलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । यद्यपी अहिले सम्म नदिको बहाव खतराको सतहसम्म भने पुगेको छैन् । तर अझै तिनदिन सम्म लगातार बर्षा जारी रहने मौसमविदले बताएकाछन् ।    
 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update