Sagun Khabar
मन्त्री बडु आज बैतडी आउदैँ
Atrya hospital

बैतडी–संघीय सरकारका कानून, न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू भोली बैतडी आउने भएका छन् । जिल्ला सदरमुकाम गोठलापानीमा हुने कांग्रेसको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा मन्त्री बडु सहभागी हुने बताइएको छ । 

नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्त्री बडुले दशरथचन्द नगर कार्यसमति द्धारा आयोजीत कार्यक्रममा सम्बोधन गर्ने नगर सभापती भुवन राज भट्टले बताए । कार्यक्रममा सहभागीताका लागी कांग्रेस नेता कार्यकर्ता तथा पार्टीका सुभेच्छुक ब्यक्तिहरुलाई आग्रह गरिएको छ । 

कार्यक्रम गोठलापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसमा आयोजना गरिने पार्टीका जिल्ला उप–सभापती चतुरबहादुर चन्दले बताए ।  यसअघि पाटनमा पनी कार्यक्रम हुने भनिएकोमा पाटनको कार्यक्रम तत्कालका लागी स्थगीत गरिएको उनले बताए । 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update