Sagun Khabar
सरकारी संरचना अपांगमैत्री नहुदाँ समस्या

बैतडी -बैतडीमा सरकारी कार्यालयका भवन संरचनाहरु अपांगमैत्रि नहुदाँ अपांगता भएका ब्यक्तिहरुलाई समस्या भएको छ । बैतडी जिल्लाका कुनैपनी स्थानियतहका भवन अपांगमैत्री नभएको अपांगता भएका नागरिकहरुको पुर्नस्थापना केन्द्र बैतडीका अध्यक्ष अम्वादत्त भट्टले बताए ।

सेवा प्रदायक निकाय समक्ष पुग्न नसक्दा अपांगता भएका ब्यक्तिका समस्या सरोकारवाला निकाय सामु नपुगेको उनले बताए । 

Atrya hospital


उनले भने‘अपांगता मैत्रि संरचना नहुदाँ हामी सरोकारवाला ब्यक्तिलाई भेट्नै पाउदैनौँ । हाम्रो आवाज सरोकारवाला निकाय संग नपुग्दा हाम्रा लागीआउने बजेट कता खर्च गर्छन् । केही थाहा छैन् । आएको बजेट उनिहरुकै लागी पुग्दैन् होला हामीलाई के दिन्थे ?’हरेक भौतिक संरचनाहरु अपांगमैत्री बन्नुपर्नेमा उनको जोड रहेको छ ।


हाम्रो गाउँसमाजमा बिभिन्न प्रकृतिका अपांगता भएका नागरिकहरु रहेकाछन् । कोहि दुष्टिविहिन छन् भने, धेरैजसो हातखुट्टाका अपांग, बोल्न नसक्ने, कान नसुन्ने लगायतका फरक क्षमता भएका ब्यक्ति रहेकाछन् । 


सरकारी संरचना अपांगमैत्री नबनेको खण्डमा योजना पास नगर्ने नियम भएपनी बैतडीका कुनै सरकारी संरचना अपांगमैत्री नबन्नु दुखको कुरा भएको दृष्टिबिहिन संघका सुदुरपश्चिम प्रदेश सदस्य चन्द्रदेब जोसीले बताए । 


नेपालमा ३० लाख बढी अपांगता भएका ब्यक्तिहरु रहेको भएपनी उनिहरुका माग सुनिश्चीत हुन नसकेको जोसीले बताए । बैतडीमा बनेका सरकारी भवन, सार्वजनिक शौचालय, धारा, बाटो लगायतका कुनैपनी संरचना अपांगमैत्री नभएको उनले बताए ।
 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update