Sagun Khabar
बैतडीका लेन्थवर्करहरुले तलव नपाएको २६ महिना पुग्यो, चाडपर्वका बेला चुल्हो बल्नै छाड्यो

बैतडी -बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थवर्करहरु संग भएको सहमती कार्यान्वयन नहुदाँ २६ महिना सम्मको तलव पाएका छैनन् । २३ महिना सम्मको तलव नपाएको भन्दै गत असारमा २३दिन अनशन बसेका १२ जना लेन्थवर्करहरुलाई प्रक्रिया पु¥याएर तलव दिने बिषयमा सहमती भएपनि सहमती कार्यान्वयन भएको छैन् । 


आफुहरुले तलव नपाउदाँ चाडपर्व खल्लो भएको लेन्थवर्कर घनश्याम भट्टले बताए । 


लेन्थवर्करहरु काम गरेवाफतको पारिश्रमिक नपाएको भन्दै गत असारमा २३ दिनसम्म पाटनमा अनसन बसेका थिए । अनसन पछी प्रक्रिया पु¥याएर पारिश्रमिक दिने भनी जिल्ला स्थीत सरोकारवाला निकायका प्रमुखहरुसंग सहमती भएको थियो । सहमतीपत्रमा तलव खुवाउनका लागी पहलगर्ने देखी उनिहरुलाई निरन्तर काममा लगाउने लगायतका बुदाँहरु समावेश गरिएकाछन् । 

Atrya hospital


आफुहरुको माग प्रति सरकारले वास्ता नगरेको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन् । उनले भनिन्ʻहामी बिगत धेरै बर्ष देखी सडकमा काम गर्दै आएका छौँ । कोहि १२बर्ष काम गरेका ब्यक्ति छौँ भने, एकजना ३२बर्ष सडकमै काम गरेका व्यक्ति हुनुहुन्छ । हामीले बिगतमा निरन्तर तलव पाउदैँ आएका थियौँ । जब हामी काम गर्ने सडक संघीय सरकारबाट प्रदेश सरकार मातहत आयो भन्ने सुनियो । त्यसबेला देखी तलव पाएका छैनौँ । हाम्रो समस्या नेता सांसद मन्त्री सबैलाई सुनायौँ । आश्वासन सबैबाट पाइयो तर तलव पाइएन् । त्यसैले सडकमै २३दिन अनसनमा बस्यौँ, जिल्लाका सबैजसो कार्यालयका प्रमुखहरु आउनुभयो । पहल गछौँ भन्नुभयो । तर अहिलेसम्म तलव पाएका छैनौँ ।’ 


बिगतमा संघीय सरकार मातहत रहेको पाटन–पञ्चेस्वर ३५किलोमिटर सडक प्रदेश सरकार मातहत आएसंगै लेन्थवर्करले तलव पाउन छाडेका हुन् । उनिहरु आन्दोलनका क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेट्न धनगढी पुगेका थिए । प्रदेश सरकारबाट समेत प्रक्रिया पुरा गरेर तलव खुवाउने आश्वासन पाएका थिए ।


अहिले पाटन–पञ्चेस्वर सडक स्तरोन्नतीको क्रममा रहेकाले ग्वाल्लेक निर्माण सेवा मातहत काम गर्ने ब्यवस्था मिलाइएको छ । गत १५ साउन देखी ठेकेदार मातहत काम गरेको भएपनि हालसम्म ३महिना बढी भएपनी तलव भने पाएका छैनन् । 


प्रदेश सरकार मातहत रहेको पुर्वाधार बिकास कार्यालय बैतडीको लापरवाहीका कारण आफुहरुले तलव नपाएको लेन्थवर्कहरुको आरोप छ । 


तर पुर्वाधार बिकास कार्यालयले भने, अझै आफ्नो मातहतमा सडक नआइसकेको जनाएको छ । 


ठेकेदारले काम सम्पन्न गर्न बाकीँ रहेकाले आगामी महिना १२किलोमिटर सडक पुर्वाधार कार्यालयको मातहतमा आउने र बाकीँ २३ किलोमिटर निर्माण सम्पन्न भएपछी मात्रै पुर्वाधार कार्यालय मातहत आउने पुर्वाधार बिकास कार्यालय प्रमुख जगत प्रसाद जोसीले बताए ।

उनले भने‘अहिले उक्त सडक ठेकेदारकै मातहतमा छ । आगामी महिना हाम्रो कार्यालय मातहत आएपछी हामी पहल थाल्छौँ । उनिहरुले लामो २बर्ष सम्मको तलव नाएको बिषयमा प्रदेश सरकारले निति निर्माण गर्नु बाकीँ छ । निति बनेपछी तलव आउछ होला । तर निति निर्माण गर्न प्रदेश भरीका सबै जिल्लाका सबै सडकका लागी एकै चोटी बन्ने हुदाँ ढिलाई भएको हुनसक्छ ।’


 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update