Sagun Khabar
बैतडीको गढी–गोठलापानि सडकखण्ड निर्माण गरेको १ बर्ष नपुग्दै भक्तियो

बैतडी–बैतडी जिल्ला सदरमुकामको मुख्य सडकका रुपमा रहेको गढी–गोठलापानि सडकखण्ड निर्माण गरेको १ बर्ष नपुग्दै ठाउँठाउँमा भक्तिएको छ । 


गतबर्ष मात्रै ४करोड ३१ लाखको लागतमा के एस कन्सट्रक्सन धनगढीले कालोपत्रे गरेको उक्त सडकको ठाउँठाउँमा कालोपत्रे उप्कीएको छ भने, सडक पेटी पुर्ण रुपले भक्तिएको छ । उक्त सडक १ बर्ष बढी समय लगाएर बनाएपनि काम सम्पन्न नहुदैँ भक्तिन थालेकोे गोठलापानि बजारका व्यापारी निलकण्ठ पन्तले बताए ।

Atrya hospital


सडक निर्माण गर्न आएको रकमको दुरुपयोग हुने गरेको उहाँको आरोप रहेको छ । गढी–गोठलापानी सडकखण्ड पटक–पटक निर्माण भैसकेको र अहिलेसम्म रकम सिद्ध्याउने काम मात्रै भएको नागरिक समाजका अगुवा धनिराम लोहारले बताए । उक्त सडक १बर्ष लगाएर बनाइने र बनेको १महिनामै भक्तिने गरेको उनले बताए ।


 उक्त सडकमा जिल्ला स्थीत सबै सरकारी कार्यालयमा प्रमुख देखी उच्चपदस्थ ब्यक्तिहरु दैनिक यात्रा गर्ने भएपनि कसैले सडक बिग्रेको बिषयमा चासो नदेखाएको गैर सरकारी सस्ंथा महासंघ बैतडीका अध्यक्ष गोबिन्दराज जोसीले बताए । जिल्ला सदरमुकामको मुख्य सडकको हालत दयनिय हुदाँ सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनले बताए ।


करिब २ किलोमिटर रहेको गढी–गोठलापानी सडक निर्माण कार्य हालसम्म परिपक्क रुपले हुन नसकेको दशरथचन्द नगरपालिकाका उप–प्रमुख मिना चन्दले बताइन् । उक्त सडक स्तरोन्नती गर्ने निर्माण कम्पनि र कार्यान्वयन गर्ने निकाय शहरी बिकास तथा भवन निर्माण विभाग संग आफुले सडक भक्तिएको बिषयमा जानकारी गराएको बताइन् । 


उक्त सडक पुनः निर्माण गरेपछी मात्रै ठेकेदारलाई भुक्तनी दिन आग्रह गरेको समेत उप–प्रमुख चन्दले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update