Sagun Khabar
जीप दुर्घटनाका ४घाइतेको धनगढीमा उपचार हुदैँ
Atrya hospital

बैतडी-बैतडीको बिन्द्राबनमा जीप दुर्घटना हुदाँ घाइते भएका ६ जना मध्ये ४ जनालाई धनगढी रेफर गरिएको छ । जिल्लाको सिगास गाउपालिका वडा न.१ बिन्द्राबन नजिक हिजो राती जन्ती बोकेको से १ ज १७० नम्बरको जिप दुर्घटना हुदा ६ जना घाइते भएका थिए । 

सिगास गाउँपालिका १ खरक्यौडा बाट जन्ती लिई सुर्नया गाउँपालिका ८ ढोल्यामोड जादैँ गरेको जीप राती १० बजे दुर्घटना भएको थियो । घाइते मध्ये २ जनाको डडेल्धुरामा उपचार पछी घर पठाएको छ भने, ४ जनाको अवस्था गम्भीर रहेकाले उनिहरुलाई धनगढी रेफर गरिएको छ ।

धनगढी रेफर गरिएकामा सुर्नया गाँउपालिका ८ का २१ वर्षीय तेज बोहरा, ३० वर्षीय प्रकाश बोहरा, १४ वर्षीय सुशील बोहरा र सिगास गाउँपालिका ४ का २० वर्षीय भरत सिंह बोहरा रहेका छन् । उनिहरुको कैलाली स्थित पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एंव प्रहरी निरिक्षक दर्शन खड्काले बताए । घटनाका बिषयमा अनुसन्धान भैरहेको उनले बताए ।
 

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update