Sagun Khabar
जीप र मोटरसाईकल आपसमा ठोक्किदा एकजना घाइते
Atrya hospital

बैतडी- बैतडीको हिरापुरमा जीप र मोटरसाईकल एक आपसमा ठोक्किदा एकजना घाइते भएकाछन् । घाइते हुनेमा पाटन ८ खोड्पे बस्ने २७ बर्षिय योगेश कठायत रहेकाछन् । 


उनलाई उपचारका लागी डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 


खोड्पेबाट पाटन तर्फ आइरहेको से १ज २१२ नम्बरको जीप र सोहि दिशाबाट आइरहेको से ५ प ८२५३ नम्बरको मोटरसाइकल पाटन नगरपालिका ६ हिरापूरमा आपसमा ठोकिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले बताए । 
अहिले दुवै सवारी साधन र जीप चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update