Sagun Khabar
उदयदेव र फाल्ङाशैनी भगवतीमा बलि सहित जात्रा

बैतडी -बैतडीको पाटन स्थीत उदयदेव मन्दीरमा भव्य जात्रा लागेको छ । रांगा बोकाको बलि सहित लाग्ने जात्रामा आज ३६ रांगाको बलि दिइएको छ । 


आज महानवमिका दिन कैलपाल मन्दीर र उदयदेव मन्दीरमा पुजाआजा गरिसकेपछी कालिकामा बलि दिने चलन रहेको छ । 
पाटन स्थीत मैतोडामा आज भव्य रुपले डेउडा समेत लाग्ने गरेको छ । बैतडी सहित छिमेकी जिल्लाका डेउडिया कलाकारहरु पाटनमा डेउडा खेल्न आउने गरेकाछन् । 

Atrya hospital


पाटन स्थीत उदयदेव मन्दीरमा आज लाग्ने जात्रामा भारतमा दर्शनार्थीहरु समेत आउने गरेकाछन् । पाटन मध्यपहाडी लोकमार्गको नमुना सहर भएकाले उदयदेव जात्रामा दर्शनार्थीहरुको घुइचो लाग्ने गरेको छ । 


यसैगरी जिल्लाको सुर्नया गाउँपालिका वडा न–५ को फाल्ङाशैनी भगवती मन्दीरमा भव्य जात्रा लागेको छ । उक्त मन्दिरमा रातिको समयमा रांगा बोकाको बलि दिइने गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update