बैतडी - सोमबार साँझ भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं.०२ का अन्ताजी ४५ बर्षिय नरबिर सिंह धामीको मृत्यु भएको हो ।
सोमबार नजिकैको ठुलागोदा बनमा दाउरा ल्याउन गएका धामीको लडेर मृत्यु भएको आफन्त लोकेन्द्र सिंह धामीले जानकारी दिनुभयो । धामी सामबार बिहानै दाउरा लिन भनि बन गएका र राती अवेर सम्म पनि घर नफर्कदा घरपरिवारले खोजतलास गर्ने क्रममा आज बिहान नजिकैको ठुलागोदा बनमा मृत अबस्थामा भेटिएका उहाँले बताउनु बताउनुभयो ।
मृतक धामी भिरबाट करिब ४०० मिटर तल खसेका थिए । मृतक धामीको दुईटा बिबाह भएको बताएको छ । पहिलो श्रीमतीको पनि भिर बाटै लडेर मृत्यु भएको होे । अहिले दोस्रो बिबाह पश्चात् अपांग श्रीमती र दुईवटा छोरा रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८ १४:२७
प्रतिक्रिया दिनुहोस्