Sagun Khabar
सतबाँझ–सुर्नया सडक पालिकाले मर्मत गर्यो 

बैतडी –बर्षातको समयमा बिग्रेको सतबाँझ–सुर्नया सडक मर्मत गरिएको छ । बर्षाले खाल्डखुल्डी भएको सडकलाई दशैंको समयमा यात्रुहरुलाई सहज होस भनेर मर्मत गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए । उनले भने ‘चाडपर्वका बेला यात्रुहरुलाई सहज होस भनेर हामीले मुख्य सडक मर्मत गरेका छौं । अहिले यातायात साधन सञ्चालनमा केही सहजता भएको छ ।’

गाउँपालिकाले १ लाख ५५ हजारको लागतमा सडक मर्मत गरेको गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टले जानकारी दिए । सडकमा भएका खाल्डाखुल्डी पुर्ने काम गरिएको छ भने सडकमा आएका पहिरोलाई पन्छ्याइएको उनले बताए । 

Atrya hospital

सडक मर्मत गरिएसंगै सवारी साधन सञ्चालनमा सहज भएको यात्रुहरुले बताएका छन् । गाउँपालिकाका अन्य सडकहरुलाई पनि मर्मतको तयारी भईरहेको इन्जिनियर भट्टले जानकारी दिए । 

गाउँपालिका जोड्ने मुख्य सडकको रुपमा रहेको सतबाँझ –सुर्नया सडकलाई दशैं अगाडि नै मर्मत गरिएको भएपनि अन्य सडकको मर्मत कार्य भने दशैंपछि मात्रै हुने गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update