Sagun Khabar
बैतडी र बझाङमा द्याँची मेलाको रौनक 

बैतडी–देशका विभिन्न ठाउँमा दशैंको रौनक भएको बेला बैतडी र बझाङका केही स्थानमा द्याँची मेलाको रौनक छाएको छ । बैतडीको सुर्नया गाउँपालिकाको वडा नं ८ ढोले, सिगास गाउँपालिकाको चौखाम र बझाङको बित्थडचीर गाउँपालिकाका विभिन्न स्थानमा द्याँची मेला मनाउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार मुरलीधर अवस्थीले बताए । 

सुदूरपश्चिमका अन्य ठाउँमा भदौको महिना गौरा मनाउने चलन रहेको भएपनि केही ठाउँमा गौराको रुपमा आश्विन शुक्ल पक्षमा द्याँची मेला मनाउने गरिएको अवस्थीले बताए । 

Atrya hospital

भदौमा मनाइने गौरालाई लोली गौरा भन्ने गरिएकोमा आश्विन शुक्ल पक्षमा मनाइने गौरालाई ललिता गौरा भन्ने चलन रही आएको छ । भदौको महिना मनाइने गौरामा बिरुडाले गौराको पूजन गर्ने चलन रही आएको भएपनि द्याँची मेलामा भने गौरामा जमरा चढाउने प्रचलन रही आएको उनले बताए । 

विवाहित महिलाहरुले आश्विन शुक्ल पञ्चमीमा ब्रत बसेर द्याँची मेलामा गौराको पुजन गर्ने चलन रही आएको सुर्नया ८ ढोलेका स्थानीय तेजबहादुर बोहराले बताए । विवाहित महिलाहरुले गौराको पूजन गरेपछि दुवधागो धारण गर्ने चलन रही आएको बोहराले बताए । उनले भने ‘द्याँचीमा पनि ब्रतालु महिलाहरुले सगुन फाग गाएर देवीको आराधना गर्ने चलन रही आएको छ ।’

द्याँची मेलाका लागि घर बाहिर रहेकाहरु पनि गाउँघर फर्किने भएकाले रमाइलो हुने गरेको बोहराले बताए । यसले सामाजिक सद्भावको विकास समेत गर्ने उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update