Sagun Khabar
बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा १८ लाख दीप प्रज्वलन 

बैतडी–बडादशैंको अवसरमा बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा सामूहिक पूजाआजा जारी रहेको छ । घटस्थापनाका दिनदेखि नै शक्तिपीठ तथा मन्दिरहरुमा पूजाआजा जारी रहेको हो । 

जिल्लाको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा घटस्थापनादेखि आज चतुर्थी सम्म १८ लाख दीप प्रज्वलन गरिएको स्थानीय लवदेव जोशीले जानकारी दिए । सो मन्दिरमा सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको उनले बताए । 

Atrya hospital

नवरात्रको चार दिनमा मन्दिरमा लाखबत्ती बाल्ने भाकल गरेका भक्तजनहरुले १८ लाख दीप प्रज्वलन गरेको मन्दिरका पूजारी कृष्णदत्त जोशीले बताए । आज चतुर्थीका दिन दर्शनार्थीहरुले १४ लाख दीप प्रज्वलन गरेको उनले बताए । 

उदयदेव मन्दिरमा हरेक बर्ष असोज शुक्ल नवमीका दिन रांगाको बलि सहित जात्रा हुने गरेको छ । उदयदेवको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । महानवमीका दिन लाग्ने मेला हजारौंको संख्या दर्शनार्थीहरु पुग्ने गरेको पूजारी जोशीले बताए । 

परापूर्वकालमा देवता र राक्षसबीचको लडाँईमा उदयदेवले देवताहरुको तर्फबाट नेतृत्व गरेको किम्वदन्ती समेत रही आएको छ । उदयदेवलाई देवताहरुको माझी देवताको रुपमा लिने गरिन्छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update