Sagun Khabar
शिवांशको जन्मदिनमा आर्थिक सहयोग 

बैतडी– बैतडीको सुर्नया गाउँपालिका ६ कोखेतका बालक शिवांश अवस्थीको जन्मदिनमा पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । शिवांश हेल्प फाउण्डेसन मार्फत पीडितलाई २२ हजार बढी आर्थिक सहयोग गरिएको फाउण्डेसनका अध्यक्ष एवं शिवांशका बुवा महेश अवस्थीले बताए । 

कलेजो प्रत्यारोपण गरेर स्वस्थ भएका शिवांशको नामबाट स्थापना गरिएको शिवांश हेल्प फाउण्डेसन मार्फत पीडितहरुलाई सहयोग गरिएको हो । 

Atrya hospital

शिवांशको तेश्रो जन्मदिनको अवसरमा बैतडीको दशरथचन्द नगरपालिका १ का पार्वती लुहारको परिवारलाई ८ हजार सहयोग गरिएको छ । पार्वती लुहार दम्पती दुवै जना आँखा नदेख्ने भएकाले उनीहरुलाई सहयोग गरिएको हो । 

यस्तै डडेल्धुरामा खुट्टाको  उपचार गराइरहेका बैतडीका भैरे महरलाई चार हजार, उपचार गराईरहेका पत्रकार भरत खत्रीलाई औषधिका लागि दुई हजार ५ सय, भारतमा उपचार गराईरहेका बैतडीको सुर्नया ६ का भवानी अवस्थीलाई रु ५ हजार १ सय, कलेजोको उपचार गराईरहेका कञ्चनपुरको दोधराचाँदनीका पदम चन्दलाई १ हजार ५ सय र आन्द्राको उपचार गराईरहेका बैतडीको डिलाशैनीका लोकेन्द्र चन्दलाई एक हजार ५ सय सहयोग गरिएको फाउण्डेसनले जनाएको छ । 

फाउण्डेसनले यसअघि पनि समस्यामा परेका नागरिकलाई विभिन्न सहयोग गरेको थियो । कोरोना कहरका बेला छाक टार्न मुस्किल भएका नागरिकलाई खाद्यान्न राहत वितरण गरिएको थियो । आगामी दिनमा पनि फाउण्डेसन मार्फत सामाजिक सेवालाई अघि बढाउने योजना रहेको अध्यक्ष अवस्थीले बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update