Sagun Khabar
उदयदेव मन्दीरको मेला व्यवस्थापन समिति गठन

बैतडी-महानवमिका अवसरमा बैतडीको पाटनमा लाग्ने मेला सम्पन्न गर्नका लागी मेला व्यवस्थापन समिति गठन गरिएको छ । पाटन नगरपालिका वडा न. ६ का वडा सदस्य करनसिंह कठायतको अध्यक्षतामा १३ सदस्यीय मेला ब्यवस्थापन समिति गठन गरिएको हो । 

समितिले मेलालाई ब्यवस्थीत र मर्यादित रुपमा सम्पन्न गर्ने निर्णय भएको पत्रकार बसन्त बिष्टले बताए । कोरोना भाइरसको महामारी कायम रहेकाले स्वास्थ्य सर्तकताका मापदण्ड पालनामा कडाई गर्ने, मदिरा सेवन तथा बिक्रि बितरणमा रोक लगाउने, इलाका प्रहरी कार्यालयको समन्वयमा शान्ती सुरुक्षा प्रदान गर्ने लगायतका निर्णय भएका छन् ।

Atrya hospital

मेलालाई मर्यादित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न आजै देखी पाटन बजार र आसपासका क्षेत्रमा माइकिङ गर्ने कार्य सुरु भएको छ । 

पाटन नगरपालिकाका मेयर केशब बहादुर चन्दको अध्यक्षतामा इलाका प्रहरी कार्यालय पाटनमा आज बसेको सरोकारवालाहरुको बैठकले उक्त निर्णयहरु गरेको हो । 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update