Sagun Khabar
सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई
Atrya hospital

धनगढी –धनगढीमा आयोजना गरिएको प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ । फाइनलमा पुगेको डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो । 

उपाधिसँगै डोटीले नगद एक लाखसहित ट्रफी पाएको छ । यस्तै डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कन्चनपुरले पच्चिस पच्चिस हजार नगदसहित ट्रफी पाएका छन् । 

विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता भएको थियो । 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update