Sagun Khabar
आज दशैंको तेश्रो दिन, माता चन्द्रघण्टाको पूजा अर्चना गरिँदै 

बैतडी –बडा दशैैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा अर्चना गरिदैँछ । नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरिएको छ । घटस्थापनादेखि नै बैतडीका शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजाआजा भईरहेको स्थानीयहरुले बताएका छन् । नवरात्रमा दुर्गा भगवतीका ९ स्वरुपको पूजाआजा गर्ने गरिन्छ । 

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

Atrya hospital

बैतडी सहित देशभरका शक्तिपीठ तथा मन्दिरहरुमा आज पनि घुइँचो लागेको छ । जिल्लाका प्रसिद्ध शक्तिपीठहरुमा नित्य पूजाआजा भईरहेको छ । जिल्लाको त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, कफलासैनी, फाल्ङासैनी लगायतका भगवतीका मन्दिरहरुमा नित्य पूजाआजा भईरहेको छ । जिल्लाको मेलौली भगवती मन्दिरमा नवरात्र शुरु भएसंगै प्रत्येक दिन बलिसहित पूजाआजा हुने गरेको स्थानीय सुरतसिंह नेगीले बताए । 

यस्तै सिगास, महारुद्र, उदयदेव, दोगडाकेदार लगायतका मन्दिरहरुमा पनि जमरा राखेर पूजाआजा भईरहेको छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने बडादशैंमा नौ दिनसम्म विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ०७:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update