Sagun Khabar
बजार अनुगमन : बैतडीको गोठलापानीमा २२ हजार बढीको म्याद नाघेको सामग्री नष्ट 

बैतडी–बैतडीमा संयुक्त बजार अनुगमन समितिले चाडपर्व लक्षित बजार अनुगमन कार्य जारी राखेको छ । जिल्लाका विभिन्न स्थानमा अनुगमन गरेको समितिले शुक्रबार गोठलापानीमा बजार अनुगमन गरेको हो । 

अनुगमनका क्रममा बजारका २५ ओटा पसलमा अनुगमन गर्दा १० ओटा पसलबाट म्याद गुज्रेका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । गोठलापानीबाट २२ हजार ८ सय बराबरको म्याद नाघेको सामग्री नष्ट गरिएको उनले बताए । 

चाडपर्वलाई लक्षित गरेर जिल्लाका विभिन्न स्थानमा गरिएको बजार अनुगमनबाट ९० हजार बराबरको म्याद नाघेको सामग्री बरामद गरि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update