Sagun Khabar
बैतडीको मेलौली नगरपालिका –१का वडा सदस्य चन्दको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीको मेलौली नगरपालिका वडा नं १ का महिला वडा सदस्य द्रोपती चन्दको निधन भएको छ । केही दिनदेखि बिरामी रहेका चन्दको उपचारको क्रममा शुक्रबार बिहान महेन्द्रनगरमा निधन भएको मेलौली नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए । 

चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका १ बाट नेपाली कांग्रेसको तर्फबाट महिला वडा सदस्यमा विजयी भएकी थिइन् । अन्दाजी ५५ बर्षीय चन्दको मुटु सम्बन्धि समस्या रहेको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १७:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update