Sagun Khabar
बैतडीमा प्रहरीको सुरक्षा योजना, ३८८ प्रहरी परिचालन 
Atrya hospital

बैतडी –बैतडीमा प्रहरीले सुरक्षा योजना बनाएर दशैंतिहारमा प्रहरी परिचालन गरेको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनाहरुको आँकलन गरेर जिल्लाभरी ३८८ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

जिल्लाका सबै प्रहरी युनिटबाट  प्रहरी खटाएर दशैतिहार जस्ता चाडपर्वमा शान्ति सुरक्षा कायम गर्ने काम भईरहेको उनले बताए । 
चाडपर्वको समयमा राजमार्ग, बजार क्षेत्रमा पनि गस्ती बढाईएको छ भने गाउँघरमा पनि गस्ती बढाईएको प्रहरी निरीक्षक ओझाले बताए  । चाडपर्वको समयमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएकाले निर्धक्क भएर चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ । 

यस्तै जिल्लाका दश ठाउँमा प्रहरी सहायता कक्ष स्थापना गरिएका छन् भने धार्मिक स्थलहरुको सुरक्षाका लागि तीनओटा टोली खटाइएको छ । यस्तै मोबाइल गस्ती दुइओटा र १७ ओटा पैदल गस्ती जिल्लामा खटाइएको प्रहरी निरीक्षक ओझाले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update