Sagun Khabar
राप्रपा बैतडीको समानान्तर जिल्ला कार्यसमिति घोषणा

बैतडी -बैतडीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समानान्तर जिल्ला कार्यसमिति गठन गरिएको छ । पुर्व जिल्ला अध्यक्ष प्रेम बहादुर चन्दको अध्यक्षता ५५ सदस्यीय समानान्तर जिल्ला कार्यसमिति गठन गरिएको हो । समानान्तर कार्यसमितिको उपाध्यक्षमा पुष्पराज लेखक र गोरखबहादुर चन्दलाई चयन गरिएको छ । 


यसैगरि सचिवमा बिरेन्द्र बहादुर चन्द, सह–सचिवमा रामसिंह साउद र कोषाध्यक्षमा गोमती अवस्थीलाई चयन गरिएको छ भने, अन्य सदस्य रहेकाछन् । 


यसअघि २० असोजमा सम्पन्न राप्रपा बैतडीको जिल्ला अधिवेशनले इन्द्रदेव सरण भट्टको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको थियो । उक्त समितिको अन्य पदाधीकारी र सदस्यहरु चयन गर्न बाकीँ छ । आफुहरु अहिले छलफलको क्रममा रहेकाले २–३ दिन भित्र सबै पदाधीकारी र सदस्यहरु टुंगो लगाउने अध्यक्ष भट्टले बताए ।

Atrya hospital


उक्त कार्यसमितिलाई नमान्ने भन्दै आफ्नो अध्यक्षतामा समानान्तर कार्यसमिति गठन गरिएको चन्दले बताए । 


गतबर्ष राप्रपा, राप्रपा नेपाल र राप्रपा संयुक्त बीच एकिकरण भएको थियो । तर बैतडी जिल्लामा अझैपनी दुई पक्ष मिल्न सकेका छैनन् । 


२१ जिल्लामा एकिकरणको बिषयमा रहेको बिवाद अझै नटुंगिएकाले बैतडीमा पनी बिवाद कायमै रहेको चन्द पक्षको भनाई छ । २० असोजको अधिवेशनलाई आफुहरुले नमानेको उनले बताए ।


समानान्तर समितिका उपाध्यक्ष पुष्पराज लेखकले भने,‘राप्रपा एकिकरण भयो भनेदेखी एकै पटक पनि बैतडीका दुई टिम एक ठाउँमा बसेका छैनौँ । अर्को पक्षले हामीलाई कुनैपनि कार्यक्रम का लागि खबर गर्दैन् । म पनि पार्टी स्थापना भएदेखी राप्रपामा लागेको हुँ, हालसम्म सचिव, उप सभापति, बरिष्ट नेता लगायत बिभिन्न पदमा रहेर काम गरेँ । तर अहिले पनि अर्को समुहले केहि खबर नगरेकाले समानान्तर समिति बनाउन बाध्य भएका हौँ ।’


चन्द समुहले भने जिल्ला अधिवेशन बाट नभई फोनबाटै आपसमा कुराकानी गरेर समानान्तर समिती बनाएको हो । 


चन्द समुहले बनाएको समानान्तर समिति २ जनाको सल्लाहमा बनेकाले यो समितिको बेवास्ता गर्न राप्रपा बैतडीका नव निर्वाचित अध्यक्ष इन्द्रदेव सरण भट्टले आग्रह गरे । उनले भने ‘हामीले केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सदस्यहरु, पुर्व मन्त्री, विभिन्न जिल्लाका अध्यक्षहरु लगायतका पार्टिको महत्वपुर्ण पदमा रहेका नेताहरु र हजारौ कार्यकर्ताहरुको सहभागीतामा जिल्ला अधिवेशन सम्पन्न गरेका हौँ। प्रेम बहादुर चन्दले पार्टि प्रति बेलाबेलामा बेमानी गरेकाले उहाँलाई पार्टीले कारवाही गर्छ । काठ्माण्डौँमा बसेर पार्टीको पुरानो लेटरहेड प्रयोग गरि समिति गठन भयो भनी नाम लेख्ने अधिकार कसैलाई छैन् ।’ चन्दले आफनो टिममा समाबेश गरेको भनिएका एक-दुई जना बाहेक अधिकांश ब्यक्तिहरु आफु नेतृत्वकै राप्रपामा रहेका अध्यक्ष भट्टले बताए । 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update