बैतडी – बैतडीको डिलाशैनीका एक व्यक्ति माथी निर्घात कुटपीट भएको छ । डिलाशैनी १का ५७ बर्षिय अकबर रानामाथी स्थानिय ब्यापारी महाबिर धामीले निर्घात कुटपिट गरेका हुन् । रातिको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथी कुटपिट गरेको पिडित रानाका छोरा महेश रानाले बताए ।
रानालाई घरबाट जवरजस्ती आफ्नो पसलमा लगेर कुटपिट गरेको उनले बताए । कुटपिटबाट रानाको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ ।
घटनाका बिषयमा प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै पक्षलाई सिमार प्रहरीचौकीमा बोलाएको छ । अहिले दुवै पक्ष बिच छलफल भैरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८ १०:०६
प्रतिक्रिया दिनुहोस्