Sagun Khabar
बैतडीको पुर्चौंडीमा स्वास्थ्यकर्मीमाथि हातपात 

बैतडी –बैतडीको पुर्चाैडी नगरपालिका १ स्थित पुर्चाैडीहाट स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि  हातपात भएको छ । वडा नं १ स्थित कुडीखेत टोलका सुरेन्द्र धनुसेले मदिरा सेवनगरी बिहीबार साँझ  स्वास्थ्यकर्मीमाथि हातपात गरेको स्वास्थ्यचौकी प्रमुख दिपेन्द्रबहादुर धामीले जानकारी दिनुभयो । धनुसेले गालीगलौज गर्दै दुई जना महिला स्वास्थ्यकर्मी र आफूमासथ हातपात गरेको उनले बताए । उनले भने ‘हामी ड्युटीमा थियौं । ढोकामा लात्ती हानेर हामीमाथि हातपात भएको छ । एकजना सिस्टरको कपडा समेत च्यातिएको छ ।’

ड्युटीमा रहेका अनमी ताराकुमारी साउँद, अहेव रत्ना भण्डारी धामी र स्वास्थ्यचौकी प्रमुख दिपेन्द्रबहादुर धामीमाथि हातपात र गालीगलौज भएको हो । ‘हामी तरकारी किन्नका लागि बजारमा गएका थियौं । त्यो मान्छेले त्यहीबेलादेखि हामीलाई गाली गलौज गरिरहेको थियो । हामीसंग स–साना बच्चा पनि भएकाले हामी अफिसमा आयौं ।’उनले भने, ‘उसले अफिसमै आएर हामीमाथि गालीगलौज र हातापात गरेको हो । यसरी हामीलाई काम गर्न निकै समस्या भएको छ ।’

Atrya hospital

ड्यटीमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि हातपात भएपछि स्वास्थ्यकर्मीहरुले काम गर्ने वातावरण नभएको बताएका छन् । स्वास्थ्यकर्मीमाथि हातपात गरे लगत्तै धनुसेका आफन्तहरुले लगेपछि धनुषेलाई फेला पार्न नसकेको पुरघाट प्रहरीचौकीका प्रमुख प्रहरी निरीक्षक निराजन सुनारले बताए । 

स्वास्थ्यकर्मीहरुले आफूहरुमाथि हातपात र गालीगलौज भएको कुरा जानकारी गराएको र सो कार्यमा संलग्न धनुषेको खोजी भईरहेको उनले बताए । धनुषेलाई फेला पारेपछि घटनाका बिषयमा थप जानकारी हुने प्रहरी निरीक्षक सुनारले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ०९:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update