Sagun Khabar
आज नवरात्रीको दोस्रो दिन, शक्तिपिठहरुमा माता ब्रम्हचारिणीको पूजा अर्चना गरिंदै
Atrya hospital

बैतडी –नेपालीहरुको महान् चाड बडादसैँको दोस्रो दिन आज पनि दुर्गा भवानीको पूजा आराधना गरिंदैछ । कोत तथा दशैंघरमा हिजो विधिपूर्वक घटस्थापना गरेपछि यस वर्षको वडादशैं सुरु भएको हो । नवरात्रको अवधिमा वैदिक विधिपूर्वक घटस्थापना गरी नौ रात दश दिनसम्म शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गर्ने गरिन्छ । नवरात्र पर्वको दोस्रो दिन आज माता ब्रह्मचारिणीको पूजा–अर्चना गरिन्छ । 

यो दिन मातालाई शख्खर र पंचामृतको भोग लगाउनाले दीर्घायूको आशीर्वाद प्राप्त हुने जनविश्वाश छ । ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचरण वाली भन्ने हुन्छ । यस प्रकार ब्रह्मचारिणीको अर्थ तपस्याको आचरण गर्ने भन्ने बुझिन्छ । ब्रम्हचारिणीको दाहिने हातमा जप को माला एवं बायाँ हातमा कमण्डल रहन्छ । नित्य पूजा प्रारम्भसँगै स्वाधिष्ठान चक्रमा ध्यान गरेर माता ब्रह्मचारिणीको साधना गर्ने गरिन्छ । 

बैतडी जिल्लाका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी,मेलौली, कफलाशैनी,फाल्ङासैनी लगायतका भगवती मन्दिरहरुमा घटस्थापनादेखि नै पूजाआजा शुरु भएको छ । यस्तै महारुद्र, उदयदेव, सिगास, दोगडाकेदार लगायतका मन्दिरहरुमा पनि जमरा राखेर पूजाआजा गर्ने चलन रही आएको  छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ०७:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update