Sagun Khabar
राष्ट्रिय जनगणना : बैतडीमा ४८ हजार बढी घरधुरी सूचीकृत 

बैतडी –बैतडीमा ४८ हजार बढी घरधुरी सूचीकृत भएका छन् । राष्ट्रिय जनगणना अन्तर्गत सञ्चालन गरिएको घरपरिवार सूचीकरण कार्यक्रम अन्तर्गत ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । केही ठाउँको तथ्यांक अनलाइनमा समावेश गर्न बाँकी रहेकाले यो संख्या बढ्न सक्ने उनले बताए । 

असोज २५ गतेभित्र घरपरिवार सूचीकरणको अन्तिम प्रतिवेदन केन्द्रिय तथ्यांक विभागमा पठाईसक्नुपर्ने भएकाले त्यो बेला सम्म सबै घरधुरीको तथ्यांक आईसक्ने पन्तले जानकारी दिए । केन्द्रिय तथ्यांक विभागले बैतडीमा ५० हजार घरधुरी हुन सक्ने अनुमान गरेको र त्यसैको हाराहारीमा घरधुरीको संख्या हुने पन्तले जानकारी दिए । 

Atrya hospital

राष्ट्रिय जनगणनाको पहिलो चरण अन्तर्गत सुपरीवेक्षकहरु खटाएर घरपरिवारको सूचीकरण कार्य गरिएको थियो । बैतडीमा घरपरिवार सूचीकरणका लागि ८० जना सुपरीवेक्षक परिचालन गरिएका थिए । 

मूल जनगणना कार्तिक २५ देखि मंसिर ९ गते सम्म सञ्चालन हुने जिल्ला जनगणना कार्यालय बैतडीले जनाएको छ । बैतडीमा मूल गणनाका लागि ३१५ गणक खटाइने तयारी भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ०७:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update