Sagun Khabar
एमाले छाडेर भानुभक्त जोशी नेकपा एसमा प्रवेश 
Atrya hospital

काठमाण्डौं –  –नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।  बिहीबार पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी नेकपा एसमा प्रवेश भएका हुन् । 

उनले   सुदूरपश्चिममा आफूनिकट कार्यकर्तालाई एकीकृत समाजवादीमा सक्रिय हुन पनि आग्रह गरिसकेका छन् । नेकपा एमालेमै हुँदा २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका माधवकुमार नेपाल समूहले केन्द्रदेखि देशैभर समानान्तर कमिटी गठन गरेको थियो । उक्त समयमा जोशीलाई सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिइएको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update