Sagun Khabar
बैतडीको देहीमाण्डौंमा आजदेखि  मदिरा बेचबिखनमा रोक

बैतडी –बडादशैंको महाष्टमीका दिन बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन वडा कार्यालयले पहल थालेको छ । दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालय देहीमाण्डौंले एक सूचना जारी गर्दै कोरोनाको जोखिम कायमै रहेकाले जात्रा तथा मेलापर्व मनाउँदा सतर्क रहन आग्रह गरेको छ । 

जात्रा, मेला र पूजापाठमा सहभागि हुँदा स्वास्थ्यका मापदण्ड अपनाउन पनि वडा कार्यालयले आग्रह गरेको छ । यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन आजदेखि देहीमाण्डौ बजार क्षेत्रमा आजैदेखि मदिराको विक्रिवितरण र सेवनमा रोक लगाइएको छ ।

Atrya hospital

वडा कार्यालयको सूचनाको उल्लंघन गरेमा जरीवाना गरिने वडा अध्यक्ष रनबहादुर बोहराले बताए । वडा कार्यालयको सूचना उल्लंघन गरेर कसैले मदिरा सेवन गरेको पाइएमा २ हजार जरीवाना गरिने छ । 

यस्तै मदिरा बेचबिखन र ओसारपोसार गरेमा ६ हजार जरीवाना सहित मदिरा समेत जफत गरिने वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यस्तै कसैले जुवा खेले वा खेलाएमा ३ हजार जरीवाना गरिने बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १२:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update