Sagun Khabar
प्रदेशस्तरीय भलिबल प्रतियोगिताको पहिलो खेलमा बैतडी डोटीसंग पराजित 

बैतडी –सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा बैतडी पराजित भएको छ । आज भएको खेलमा डोटीले बैतडीलाई ३–१ को सेटले पराजित गरेको हो ।

बैतडीले पहिलो सेट २० –२५ ले, दोश्रो सेट २२–२५ ले गुमाएको हो ।  तेश्रो सेट बैतडीले १९–२५ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा २३ –२५ ले हार बेहोर्दै बेस्ट अफ फाईभको खेलमा बैतडी तीन एकले पराजित हुन पुगेको हो ।

Atrya hospital

बैतडीले भोली बझाङसँग खेल्ने छ । सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार आज देखि धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना भएको हो ।  

प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने छ । उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइनेछ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीमलाई २५÷२५ हजार नगदसहित ट्रफी दिइने छ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइने छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update