Sagun Khabar
बैतडीको पाटनमा छैटौँ उदयदेव पाटन प्रिमियर लिग सुरु, पहिलो दिन पत्ताल भुवनेश्वर र पाटन स्टार विजयी

बैतडी- बैतडीमा छैटौँ संस्करणको उदयदेव पाटन प्रिमियर लिग (युपिपिएल) क्रीकेट प्रतियोगिता सुरू भएको छ । पाटन–६ स्थित कृष्ण माविको खेलमैदानमा आइतबार देखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगीतको एक औपचारीक कार्यक्रमका बिच पाटन नगरपालिका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी गौरी सिह रावलले उद्घाटन गरेका थिए  । खेलप्रेमी युवा स्वगीय हेमन्त भण्डारीको सम्झनामा मौनधारण गर्दै खेलाडीले हातमा कालोपट्टी बाधेर खेल खेलेका थिए ।

आज दुई वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा पत्ताल भुवनेश्वरले बनारसी क्रीकेट क्लबलाई हराएको हो । पत्ताल भुवनेश्वरसामु टस हारेर ब्याटिङको निम्तो पाएको बनारसीले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो । बनारसीका भुपेश बोहराले ३४ रन हिर्काए । पत्ताल भुवनेश्वरका ग्यानेन्द्र बिष्टले दुई विकेट लिए ।

१०२ रनको लक्ष्य पछ्यएएको पत्तालभुवनेश्वरले १३ ओभर ८ विकेट गुमाएर लक्ष्य भेट्टाएयो । पत्ताल भुवनेश्वरका बिक्रम बोहराले ३६ रनको विजयी इनिङ खेले । उनी नै म्यान अफ द म्याच चुनिए ।

पाटन स्टार क्लब र नागार्जुन सिम क्रीकेट क्लबविच भएको दोस्रो खेलमा पाटन स्टार विजयी भएको छ । टस जितेर पहिले व्याटिङ् रोजेको पाटनले निर्धारित १५ ओभरमा १३९ रन बनायो । 
पाटनका मुकेश चन्दले ६५ रनको अर्धसतकीय पारी खेले । नगार्जुनका कमलेस मातरले दुई विकेट लिए ।

१४० रनको लक्ष्य पाएको नार्गाजुनले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो । नार्जुनका मुकेश चन्दले ४३ रनको योगदान गरे । पाटनका लखन थापाले ३ विकेट लिए । 
भोलिपनि दुई खेल हुनेछन् । भोलिको पहिलो खेल नागार्जुन सिम क्रीकेट क्लब र सुर्नया युनाइटेडबीच हुने छ  । त्यसैगरी दोस्रो खेल  कैलपाल उदयदेव युवा क्लब र पत्ताल भुवनेश्वर युवाक्लबबीच हुने छ ।

प्रतियोगिताको फाइनल खेल  कार्तिक १९ गते हुनेछ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १८:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update