बैतडीमा ४.२ म्याग्नेच्युडको भूकम्प
बैतडी - बैतडीमा भूकम्प गएको छ ।
आज दिउँसो बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिउँसो एक बजेर ६ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माले बताए ।
भुकम्पको धक्का बैतडीसहित बझाङ र दार्चुलामा समेत महसुस भएको बताइएको छ । तर भुकम्पको धक्का महसुस भएपनी क्षती कहिकतै नभएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३ १५:३१
प्रतिक्रिया दिनुहोस्




