Sagun Khabar
राप्रपा बैतडीको अध्यक्षमा भट्ट सर्वसम्मत चयन 

बैतडी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा इन्द्रदेवशरण भट्ट सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न भएको जिल्ला अधिवेशनले भट्टलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । 

६५ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको राप्रपाले जनाएको छ । जिल्ला कार्यसमितिका अन्य पदहरु भने पछि तोकिने अध्यक्ष भट्टले बताए । 

Atrya hospital

राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठनलाई बलियो बनाउन आफूले संगठन विस्तारमा जोड दिने नवनिर्वाचित अध्यक्ष भट्टले बताए । उनले भने ‘राप्रपामा आवद्ध हुने युवाहरुको संख्या पनि बढ्दै गएको छ । जिल्लाभरी संगठन विस्तार अभियानमा अब म लाग्नेछु  ।’

यसअघि जिल्ला अधिवेशनको उद्दघाटन सत्रमा राप्रपाका केन्द्रिय कोषाध्यक्ष गणेशबहादुर चन्द, पूर्वमन्त्री एवं राप्रपाका नेता जयन्तबहादुर चन्द, उच्च स्तरीय केन्द्रिय सम्पादन समिति सदस्य गणेशबहादुर बिष्ट, राप्रपा केन्द्रिय सदस्य हेमबाबु लेखक लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update